१३ पुस २०८१, शनिबार

डीपीएल फाइनलमा दर्शकको ओइरो : मैदान खचाखच, बाहिर प्रहरीको लाठीचार्ज


DPL 2

३० चैत, कैलाली । धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा काठमाडौं गोल्डेन्स र टिम चौराह धनगढी प्रतिस्पर्धा गरिरहेका छन् ।

टिम चौराह धनगढीले टस जितेर पहिले ब्याटिङ रोजेको छ । डीपीएलको दोस्रो संस्करणमा दर्शकको खचाखच उपस्थिति रहेको छ । धनगढीमा रहेको संघीय प्रहरी इकाईको मैदानमा भैरहेको फाइनल हेर्न डडेलधुरा, महेन्द्रनगर, नेपालगञ्जदेखि दर्शक आएका छन् । बाँस र फलामले बनाइएको प्याराफिटको क्षमता मात्रै ७ हजार भए पनि दर्शकको ओइरो लागेकाले रंगशालाबाहिर केही असहज स्थिति सिर्जना भएको छ ।

खेल हेर्न आउँदाआउँदै टिकट नपाएपछि दर्शक आक्रोशित भएका छन् । नेपालगञ्जदेखि दर्शक आउँदाआउँदै टिकट काट्न नपाएको भन्दै नाराबाजीसमेत गरेका छन् । मैदानबाहिर प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्जसमेत गरेको छ ।

खेल हेर्न नपाएपछि दर्शकहरुले व्यवस्थापनले बाहिरै भए पनि टेलिभिजन स्क्रीन राख्न माग गरेका छन् । डीपीएल क्रिकेटको फाइनल हेर्न दुई–तीनदेखि धनगढीमा जिल्लाबाहिरका दर्शक बसेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !