१९ असार २०८१, बुधबार

राष्ट्रबैंकमा यो हदसम्मको लूट, १९ अतिरिक्त भत्ताका नाममा १.३४ अर्ब स्वाहा !


Nepal rastra Bank

३० चैत, काठमाण्डौ । नेपाल राष्ट्रबैंकका कर्मचारीहरुको तलबभत्ता अस्वभाविक रहेको भन्दै महालेखापरीक्षकको कार्यालयले चासो व्यक्त गरेको छ ।

बिहीबार सार्वजनिक गरिएको महालेखा परीक्षकको ५५ औं प्रतिवेदनमा नेपाल राष्ट्रबैंकका कर्मचारीहरुलाई कर्मचारी सञ्चयकोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोष अलावा समेत १९ किसिमका भत्ता दिने गरिएको फेला परेको उल्लेख छ ।

यीमध्ये ८ किसिमका अतिरिक्त भत्ता सबै कर्मचारीले लिने गरेका र अन्य ११ किसिमका भत्ता विशेष समूहका कर्मचारीको नाममा उच्च पदस्थ कर्मचारीहरुले लिने गरेका पाइएको उल्लेख छ ।

यस्तो भत्ता बापतको खर्च तलब खर्चको अनुपातमा २०१ प्रतिशतसम्म हुन आउने र आर्थिक वर्ष २०७३/७४ मा तलब बाहेक राष्ट्रबैंकका कर्मचारीहरुले नानाथरि भत्ताको नाममा १ अर्ब ३४ करोड बुुझेका समेत प्रतिवेदनले देखाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !