१७ असार २०८१, सोमबार

ईपीजी बैठकमा सीमालगायतका विषयमा सहमति जुटाउने प्रयास


EPG

एजेन्सी, ३० चैत । भारतको नयाँ दिल्लीमा सुरु भएको नेपाल–भारत प्रबुद्ध समूहको बैठकमा सीमा व्यवस्थापन, व्यापार, जलस्रोतसम्बन्धी सहकार्यलगायत विषयमा सहमति जुटाउने प्रयास भएको छ ।

बिहीबारदेखि सुरु भएको बैठकमा सहमति खोज्न शुक्रबार पनि छलफल हुनेछ । दुई देशबीच अनुभव र विचार आदान प्रदान भइरहेको र धेरै विषय टुंगो लाग्ने बैठकका नेपाल संयोजक डाक्टर भेषबहादुर थापाले बताउनुभयो ।

शुक्रबार सकिने बैठकमा १९५० को सन्धीका बारेमा पनि कुराकानी हुने छ ।  दुई देशमा आलोपालो गरी बैठक बस्ने सहमति अनुसार यसपटकको बैठक भारतमा बसेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !