१३ पुस २०८१, शनिबार

डीपीएल क्रिकेट : फाइनलमा धनगढी र काठमाडौं खेल्दै


DPL 2

३० चैत,  कैलाली । धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको उपाधिका लागि धनगढी टिम चौराह र काठमाडौं गोल्डेन्स खेल्दैछन् । खेल दिउँसो साढे १२ बजेपछि धनगढीमा सुरु हुनेछ । उपाधि विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १० लाखमा चित्त बुझाउनुपर्नेछ ।

साविक विजेता धनगढी क्वालिफायरमा काठमाडौंलाई हराउँदै फाइनल प्रवेश गरेको हो । त्यस्तै, क्वाालिफायरमा पराजित भए पनि बिहीबार भएको इलिमिनेटरमा कञ्चनपुरलाई हराउँदै काठमाडौंले धनगढीसँगको फाइनल भेट पक्का गरेको हो ।

यो प्रतियोगितामा काठमाडौं र धनगढीले दुईपटक खेलेकोमा एक एक खेल जितेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले धनगढीलाई ७ विकेटले हराएको थियो भने प्रतियोगिताको एलिमिनेटरमा काठमाडांैलाई एक विकेटले हराउँदै धनगढीले बदला लिएको थियो ।

उपाधि जित्ने दुवै टिमका कप्तानको दावी

काठमाडौं ज्ञानेन्द्र मल्लको कप्तानीमा छ भने धनगढीको कप्तान सोमपाल कामी छन् । काठमाडौंका कप्तान ज्ञानेन्द्रले बिहीबारको प्रदर्शनले फाइनल जित्ने आत्मविश्वास बढेको बताए ।

प्रतियोगितामा राम्रो क्रिकेट खेलेर यहाँसम्म आएका छौं, त्यसैलाई निरन्तरता दिएर हामीले उपाधि रक्षा गर्न चाहान्छौं’ ज्ञानेन्द्रले भने, ‘दुवै टिममा राम्रा खेलाडी भएकाले शुक्रबारको फाइनलमा राम्रो क्रिकेट हेर्न पाइने उनको भनाई छ ।

यस्तै धनगढीका कप्तान सोमपाल कामीले गएको वर्ष पनि उपाधि जितेको र प्रतियोगितामा पनि राम्रो खेलिरहेकाले यसपटक पनि उपाधि जित्ने दावी गरे । घरेलु मैदान र समर्थकको साथले हौसला थपेको उनले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !