१२ असार २०८१, बुधबार

नेप्सेमा ९ कम्पनीको ३ करोड २१ लाखबढी बोनस सेयर सूचिकृत


Just listed

२९ चैत, काठमाण्डौ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज ९ वटा कम्प्नीको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेका प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, सनराइज बैंक लिमिटेड, नागवेली लद्युवित्त विकास बैंक लिमिटेड, अपि पावर कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटड,सिभिल लद्युवित्त वित्तीय संस्था, तिनाउ विकास बैंक र प्राइम कमर्सियल बैंक  लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

सूचिकृत हुनेमा ४ बैंक, १ जलविद्युत कम्पनी, १ फाइनान्स, २ विमा  १ फाइनान्स कम्पनी छन् । ९ कम्पनीको ३ करोड २१ लाख ९८ हजार ९ सयबढी कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

सनराइज बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको १ करोड ६ लाख ३३ हजार ७६८.५० कित्ता बोनस सेयर सूचिकृत भएको हो । यसैगरी नागवेली लद्युवित्त विकास बैंक लिमिटेडको २ लाख ४० हजार ०४६.१५ कित्ता बोनस सेयर सूचिकृत भएको छ भने तिनाउ विकास बैंक लिमिटेडको ४ लाख ६० हजार ८४९.९२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेडको बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको छ । बैंकको १ करोड ७० हजार ६६६. ८९ कित्ता सेयर सूचिकृत भएको हो । यता अपि पावर कम्पनी लिमिटेडको ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १२ लाख ८३ हजार ०४० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १० लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

जानकी फाइनान्स कम्पनी लिमिटडको ६ लाख १५ हजार ३४६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ भने सिभिल लद्युवित्त वित्तीय संस्था लिमिटेडको ४७ हजार २५० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !