१२ असार २०८१, बुधबार

मिस नेपाल २०१८ को ताज शृङ्खलालाई


Miss Nepal 2018

२९ चैत, काठमाण्डौ । मिस नेपाल २०१८ को उपाधि शृङ्खला खतिवडाले जितेकी छन् । काठमाडौमा बुधबार राति भएको प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं खतिवडाले मिस नेपालको ताज पहिरिएकी हुन् ।

उनलाई मिस नेपाल २०१७ निकिता चाण्डकले ताज पहिर्यािइदिएकी थिइन् । उनले पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्चर पढेकी हुन् । शृङ्खला एमाले नेता तथा सांसद बिरोध खतिवडाकी छोरी हुन् ।
Miss Nepal Winners

उनले मिस नेपालसहित पपुलर च्वाइस र मिस फ्यासिनोको पनि उपाधि जितिन् । यस्तै, मिस नेपाल यूनिभर्स र मिस ग्ल्यामरको उपाधि गोरखाकी मनिता देवकोटाले जितिन् । मिस नेपाल अर्थको ताज जितेकी काठमाडौंकी प्रिया सिग्देलले मिस ब्यूटी विथ परपसको पनि उपाधि हात पारिन् ।

मिस नेपाल इण्टरनेशनल र मिस ट्यालेन्ट काठमाडौंकै रोनाली अमात्य चुनिइन् । मिस कन्फिडेन्स भक्तपुरकी आस्था शाख भइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !