६ जेष्ठ २०८१, आइतबार

आईजीपी खनाललाई बधाई दिँदै डीआईजी खरेलले दिए राजीनामा


ramesh-kharel

२८ चैत, काठमाण्डौ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिनुभएको छ ।

आफ्नो सहब्याची सर्वेन्द्र खनाललाई सरकारले महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि खरेलले असन्तुष्ट जनाउँदै बुधबार दिउँसो राजीनामा दिनुभएको हो ।

राजीनामा दिनुअघि खरेलले फेसबुकमा स्टाटस लेख्दै नवनियुक्त प्रहरी महानिरीक्षक खनाललाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना पनि दिनुभएको छ । साथै खरेलले २९ वर्षे प्रहरीको सेवा अवधिबाट अलग्गिने निर्णय पनि फेसबुकमार्फत नै घोषणा गर्नुभएको छ ।

बुधबार नै डीअाईजी खरेलले प्रहरी प्रधान कार्यालय, नक्सालमा गएर राजीनामा पत्र बुझाउनुभएकाे छ ।

फेसबुक स्टाटसमा खरेलले नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदीबहिनीप्रति आभार पनि व्यक्त गर्नुभएको छ । आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो पनि गर्नुभयो । उहाँले सरकारको निर्णयप्रति असन्तुष्टि रहे पनि मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताउनुभयो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको थियो ।नवनियुक्त प्रहरी महानिरीक्षक खनालले भने खरेललाई राजीनामा नदिन बरु मिलेर काम गर्न आग्रह गरेको भए पनि खरेलले भने राजीनामा दिनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !