११ आश्विन २०८१, शुक्रबार

डीपीएल : युनाइटेड र गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द


DPL 2

२८ चैत, काठमाण्डौ । धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्स अन्तरगतको काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षा र हावाहुरीका कारण स्थगित भएको छ ।

संघीय इकाई प्रहरीको मैदानमा दिउसो साढे १२ बजेबाट सुरु भएको खेल पानी परेपछि बिहीबारलाई सारिएको छ । टस जितेर काठमाडौं गोल्डेन्सले फिल्डिङ रोजेपछि महेन्द्रनगर युनाइटेडले ब्याटिङमा आएको थियो । महेन्द्रनगरले दुई ओभरमा ८ रन बनाएको छ ।

लिग चरणमा अपराजित भएको काठमाडौं पहिलो क्वालिफायर्समा घरेलु टिम तथा साविकको विजेता धनगढी टिम चौराहसँग एक विकेटले पराजित भएको थियो ।

लिगको शीर्ष स्थानमा रहेका कारण उसले हारे पनि फाइनलमा पुग्न अर्को मौका पाएको हो । यस्तै महेन्द्रनगरले सीवाईसी अत्तरियालाई १५ रनले पराजित गर्दै क्वालिफायर्समा पुगेको हो ।

लिग चरणमा महेन्द्रनगर तेस्रो स्थानमा रहेको थियो । जारी सिजनमा यी दुई टिम दोस्रो पटक खेल्न लागेका हुन् ।

लिग चरणमा यी दुई टिम विचको खेल वर्षाका कारण रद्द भएको थियो । बिहीबारको विजेताले उपाधिका लागि शुक्रबार टिम चौराहसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !