११ आश्विन २०८१, शुक्रबार

आगामी शुक्रबार बैंक पूर्णकालीन रुपमा खोल्नुपर्ने


Nepal rastra Bank

२८ चैत, काठमाण्डौ । आगामी शुक्रबार(चैत ३० गते) बैंक तथा बित्तीय संस्था तथा तिनका शाखा पूर्णकालीन रुपमा खोल्नुपर्ने भएको छ ।

अन्य शुक्रबार बैंक तथा बित्तीय संस्था आधा दिन मात्र खोले पुग्ने भए पनि चैत ३० गते तेश्रो त्रैमासको अन्तिम दिन भएकोले राजश्व संकलन कार्य प्रभावित नहोस् भन्ने उद्देश्यले राष्टबैंकले यस्तो निर्देशन जारी गरेको हो ।

‘बर्षभरि असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सो पछि मसान्तसम्म शनिवार लगायत जुनसुकै सार्वजनिक विदा परेतापनि राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरु, नेपाल राष्टबैंक लगायत सबै बैंकहरु, राजश्व बापत प्राप्त हुने चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुल्ला गर्ने व्यवस्था अनुरुप चैत ३० गते शुक्रबार दिन पनि सोही अनुरुप गर्नु गराउनुहुन अनुरोध छ ।’–केन्द्रीय बैंकको बैंक तथा बित्तीय संस्था नियमन विभागले जारी गरेको सूचनामा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !