७ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्री कार्यालयका सचिव हेरफेर


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय

२७ चैत, काठमाण्डौ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको सचिव हेरफेर गरेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा स्थानान्तरण गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । प्रधानमन्त्री कार्यालयमा भने डिल्लीराज घिमिरे ल्याइएको छ ।

यस्तै मंगलबारको मन्त्रिपरिषद बैठकले गरिब, सिमान्तकृत, पिछडिएको समुदायका एक छात्रा र एक छात्रलाई सरकारले निःशुल्क भर्ना गर्ने निर्णय गरेको छ ।

त्यस्ता समुदायका बालबालिका कसैको अभिभावक नभए स्थानीय जनप्रतिनिधि, सांसद्को रोहबरमा निःशुल्क भर्ना गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !