११ मंसिर २०८१, मंगलबार

सूर्या लाइफले तोक्यो ४० प्रतिशत हकप्रद निष्काशन गर्न बुकक्लोज


Right share

२७ चैत, काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले दश बराबर चार अनुपातमा हकप्रद जारी गर्न बैशाख ५ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । बैंक सञ्चालक समितिको चैत २६ गते सम्पन्न २१० औं बैठकले सो निर्णय गरेको हो । यसअनुसार ४ गतेसम्म कायम सेयरधनीले हकप्रद पाउनेछन् ।

सूर्या लाइफ इन्स्योरेन्सले ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजीको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद जारी गर्न इन्स्योरेन्सले एनआइसी एशिया क्यापिटललाई विक्री प्रबन्धक तोकेको छ ।

कम्पनीको गत भदौ २७ गते सम्पन्न नवौ बार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । हकप्रदपछि कम्पनीको पूँजी एक अर्ब एक करोड ६ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्राे त्रैमासमा इन्स्योरेन्सले ७ करोड २६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ १३ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७४७ रुपैयाँ हाराहारी रहेको छ ।

जीबन बीमा कम्पनीले बीमा समितिको निर्देशन अनुरूप २०७५ असार मसान्तसम्म दुई अर्ब पूँजी कायम गर्नुपर्ने हुन्छ । जसका लागि हकप्रद पश्चात कम्पनीले ९९ करोड थप पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !