२७ चैत, माेरङ । नेपाल आर्मीलाई ३–० ले हराउँदै थ्री स्टार क्लवले विराट गोल्डकप फुटबलको उपाधि जितेको छ ।
विराटनगरको शहीद रंगशालामा थ्री स्टारलाई उपाधि जिताउन विमल घर्ती मगरले दुई तथा अनन्त तामाङले एक गोल गरे ।
उपाधि विजेता थ्री स्टारले १२ लाख ७१ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । दोश्रो भएको आर्मीले ५ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार हात परोको छ ।
यो वर्षको अन्तिम उपाधि जितेको थ्री स्टारको योसँगै यसवर्ष जितेका उपाधि संख्या ५ पुगेको छ । सेमिफाइनलमा आर्मीले झापा ११ र थ्रीस्टारले संकटा क्लवलाई हराउँदै उपाधि भेट पक्का गरेका थिए ।