१२ असार २०८१, बुधबार

विराट गोल्डकप : उपाधिका लागि थ्रीस्टार र त्रिभुवन आर्मी भिड्दै


फुटबल

२६ चैत, मोरङ । विराट गोल्डकप फुटबलको उपाधिका लागि थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल बेलुका साढे ६ बजेपछि विराटनगरको शहीद रंगशालामा सुरु हुनेछ ।

सेमिफाइनलमा आर्मीले झापा ११ र थ्रीस्टारले संकटा क्लबलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । दुवै टोली काठमाडौं बाहिरकै सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिता जित्दै २०७४ सालको सुखद विदाई गर्ने धुनमा छन् । उपाधि विजेताले १२ लाख ७१ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने दोश्रो हुनेले ५ लाख ५१ हजारमा चित्त बुझाउनुपर्नेछ ।

यो उपाधि जिते आर्मीले यो वर्ष जितेका उपाधिको संख्या ८ पुग्ने छ । प्रशिक्षक नविन न्यौपाने उपाधि जित्ने तयारीका साथ फाइनलमा मैदान उत्रने बताउछन् । यस्तै ललितपुरको क्लब थ्रीस्टार पनि विराट गोल्डकपको उपाधि जित्दै उपाधिको संख्या पाँच पुर्याउन चाहन्छ ।

यसै सिजनको खप्तड गोल्डकपको क्वाटरफाइनल र सिमरा गोल्डकपमा आर्मीले थ्रीस्टारलाई हराएको थियो । त्यसैले थ्रीस्टारका लागि यो खेल त्यसको बदला लिने मौका पनि हुनेछ । त्यसो त थ्रीस्टारले आर्मीलाई मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा हारको स्वाद चखाइसकेको छ । थ्रीस्टारका प्रशिक्षक मेघराज केशीले टिम वर्षको अन्तिम उपाधि जितेर घर फर्किन चाहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !