२० असार २०८१, बिहिबार

जल मार्ग र रेलमार्गमा जोड्न भारतले सहयोग गर्ने


२४ चैत, काठमाण्डाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जल मार्ग र रेलमार्गमा जोड्न भारतले सहयोग गर्ने बताउनुभयो ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सगरमाथाको देश अब सागरसँग प्रत्यक्ष जोडिने बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले भारतले नेपाललाई परिवहनका लागि जलमार्ग उपलब्ध गराउने बताउनुभयो ।

पत्रकार सम्मेलनअघि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा एकीकृत सुरक्षा पाेस्ट र पेट्राेलियम पाइपलाइनकाे उद्घाटन गर्नुभएकाे थियाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !