२० असार २०८१, बिहिबार

विदेशबाट फर्किएर देशमै उद्यम गरिरहेका युवालाई सरकारले पुरस्कृत गर्ने


२४ चैत, काठमाण्डाै ।  विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका युवालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुरस्कृत गर्ने भएको छ ।

स्वदेशकै राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई सम्मान गरी उनीहरुको योगदानको कदर र प्रोत्साहन गर्ने उदेश्यले पुरस्कृत गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यो कार्यक्रम अन्र्तगत यसअघि सम्मान नभएका युवालाई उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७३ अन्र्तगत पुरस्कार गर्ने सूचना प्रकाशित गरेको छ ।

पुरस्कारका लागि स्वदेशमै उद्यम गरिरहेका युवाले मन्त्रालयको वेवसाइट वा वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको वेवसाइटबाट पनि भर्न सकिनेछ । आउँदो वैशाख १९ गतेसम्म फारम भर्न सकिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !