३ आश्विन २०८१, बिहीबार

जुम्लामा बसले किच्दा एकको मृत्यु


निधन

२२ चैत, कालिकोट । जुम्लामा बसले किच्दा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति करिब १० बजे कर्णाली यातायातको ना ५ ख ६२६८ नम्बरको बसले किच्दा चन्दननाथ नगरपालिका–६ छिनाका ६० वर्षीय चन्द्रवीर सुनारको मृत्यु भएको हो ।

ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रमुख असई माधव रावतका अनुसार ड्युटीमा खटिएका प्रहरीले रगत बगिरहेको अवस्थामा सुनारलाई फेला पारेपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

बसपार्कमा पार्किङ गरेको अवस्थामा भेटिएको बसको पछिल्लो टायरमा रगत देखिएपछि प्रहरीले बस र चालक बलबहादुर चनारालाई नियन्त्रणमा लिएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !