३ आश्विन २०८१, बिहीबार

वैशाख ९ गते पार्टी एकता गर्न दुबै अध्यक्ष सहमत


kp-oli-prachanda

२२ चैत, काठमाण्डौ  ।  एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वैशाख ९ गते पार्टी एकता गर्न सहमत हुनुभएको छ ।

बिहान बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुबै अध्यक्षले पार्टी एकताका लागि गठित दुई कार्यदलको सिफारिसका आधारमा वैशाख ९ गते पार्टी एकता गर्ने सहमति जनाएका हुन् । यसका लागि दुवै नेताले पार्टीभित्र आन्तरिक छलफल गरी निर्देशन दिने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

संगठनात्मक स्वरुप निर्धारण र विधान मस्यौदा समिति गरि दुई कार्यदलले बुझाएको प्रतिवेदन ग्रहण गर्ने र सहमति हुन बाँकी विषयमाथि छलफल सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

ओली भारत भ्रमणबाट फर्केपछि सहमति हुन बाँकी विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !