२२ चैत, काठमाण्डौ । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बिहीबार बस्दैछ । आज बालुवाटारमा बस्ने बैठकमा एकता संयोजन समितिले तयार पारेको दुईवटा प्रतिवेदनमाथि छलफल हुने छ ।
यो बैठकले यी प्रतिवेदन पारित गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । दुवै पार्टीका कार्यदलका संयोजकले बैशाख ९ गते पार्टी एकताको घोषणा गर्न शीर्ष नेतालाई सिफारिस गरिसकेको छ ।
पार्टी एकताको तयारी भइरहँदा धेरै कुरा मिलाउन र सहमति कायम गर्न बाँकी रहेकाले ती विषयमा यो बैठकमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
एमाले र माओवादीका शीर्ष नेताले दुवै पार्टीको सम्मान अनुभव हुने गरी एकता गरिने बताउँदै आएका छन् ।