३ आश्विन २०८१, बिहीबार

पूर्व सांसद भेटवालको निधन


jagarit prasadh death

२१ चैत, काठमाण्डौ । नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण समितिका सदस्य जागृतप्रसाद भेटवालको बुधबार निधन भएको छ । क्यान्सरवाट पीडित भेटवालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

भेटवालको पार्थिव शरीरलाई अहिले श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा राखिएको एमाले नेता अमृतकुमार बोहोराले जानकारी दिनुभएको छ ।

उहाँ २०४८ र २०५१ सालको चुनावमा चितवनवाट प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । भेटवाल पञ्चायतकालमा २०४३ सालमा भएको चुनावमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवारका रूपमा चितवनवाट विजयी हुनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !