३ आश्विन २०८१, बिहीबार

साहित्यकार लुगुनको निधन


sahityakar lugun death

२१ चैत, इटहरी । साहित्यकार जीबी लुगुनको मंगलबार निधन भएको छ ।

सैन्य जीवनबाट राजीनामा गरि स्वदेश फर्केपछि निरन्तर रुपमा साहित्य सिर्जनासँगै संस्कृतिको खोज अन्वेषणमा लागेका लुगुनको इटहरी वडा नम्बर ४ स्थित घरैमा निधन भएको हो । लुगुन लामो समयदेखि मुटु रोगले पीडित थिए ।

वि.स. १९८४ माघ ७ गते भोजपुरमा जन्मेका लुगुन केही महिनायता बिरामी भएर घरमै थलिएका थिए । ४० वर्षको उमेरदेखि साहित्ययात्रा थालेका लुगुनले स्वःअध्ययनको भरमा किताबहरू लेखेका थिए । उनले लेखेका पुस्तकहरू साहित्यभन्दा पनि खोज र अनुसन्धानमा बढी केन्द्रित छन् ।

२०२७ सालयता उनले पुस्तक प्रकाशन थालेका थिए । ‘साकेला उभौली’ नामक राई जातिको संस्कृतिलाई प्रकाश पार्ने किताबदेखि हिन्दु धर्मको विश्लेषणात्मक टिप्पणी, बुद्धको महानता अक्षय निधि, किराँत अस्तित्वजस्ता किताबसमेत उनले लेखे ।

राई जातिको संस्कृति विज्ञको रुपमा परिचित लुगुन म मेरै कवितामा रोएको छु (कवितासंग्रह), साहित्य सौरभ, साहित्य सागर, आत्मानिबन्ध, रसिक स्मारिकाजस्ता पुस्तक प्रकाशन गरेका थिए । उनले अच्छा राई रसिक साहित्य प्रतिष्ठान स्थापना गरेका थिए ।

जीवनको उत्तरार्धमा पनि युवाहरूलाई साहित्यमा लाग्न प्रेरणा दिन उनी नसकि नसकि भएपनि कार्यक्रमहरुमा पुग्ने गर्थे । उनको मंगलबार अपरान्ह अन्तिम दाहसंस्कार गरियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !