३ आश्विन २०८१, बिहीबार

सरकारले सिन्डिकेटधारी विरुद्ध एक्सन लिन सुरु


Yatayat Bivag

२१ चैत, काठमाण्डौ ।  सरकारले सिन्डिकेटधारी विरुद्ध एक्सन लिन सुरु गरेको छ  ।  मयुर यातायातले बनेपासम्म सेवा दिएको भन्दै आन्दोलन गरिरहेका कोटेश्वरपूर्वका व्यवसायीलाई यातायात व्यवस्था विभागले झापड दिएको छ ।

मयुर यातायात चलेको विरोधमा गाडी चलाउन रोकेका व्यवसायीलाई सरकारले पटक–पटक आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो । तर बुधबार विभागले काठमाडौंदेखि धुलिखेलसम्म अरु व्यवसायीलाई पनि बुधबारदेखि रुट दिने घोषणा गरेको छ । विभागले धुलिखेलसम्म बस चलाउन चाहनेलाई बुधबारबाटै रुट इजाजत दिन सुरु गरिएको विभागको महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभयो ।

‘हामीले रुट इजाजत खुला गरेका छौँ, इच्छुकले प्रक्रिया पुरा गरेर इजाजत लैजान सक्नुहुन्छ, केहीले लगिसक्नुभयो’ महानिर्देशक भट्टराईले भन्नुभयो, ‘सरकारले सिन्डिकेटधारी विरुद्ध एक्सन लिन सुरु गरिसक्यो ।’

विभागले रुट इजाजत खुला गरेपछि साझा यातायात र सिटी मेट्रो यातायातले  धुलिखेलसम्म यात्रु ओसार्न सुरु गरिसेका छन् । साझाका १० वटा बस र सिटी मेट्रो यातायातका १० वटा बस आजैवाट धुलिखेलसम्म चल्न थालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !