३ आश्विन २०८१, बिहीबार

डीपीएलमा विराटनगरको पहिलो जित, रुपन्देही पराजित


DPL

२१ चैत, धनगढी । विराटनगर किंग्सले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटमा पहिलो जित निकालेको छ । आज बुधबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

१८२ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३ रनमात्रै बनाउन सक्यो ।

रुपन्देहीका लागि प्रदीप ऐरीले अर्धशतकीय पारी खेले पनि जित दिलाउन भने सकेनन् । प्रदीप ऐरीले ५४ रन बनाए । उनको यो दोस्रो अर्धशतक हो । यसअघि काठमाडौं गोल्डेन्स विरुद्ध पनि उनले ५७ रन बनाउँदै अर्धशतक बनाएका थिए ।

त्यस्तै, रुपन्देहीका लागि दीपक प्रसादले २२ रन बनाउँदा सुसान भारी २१ र कप्तान शक्ति गौचन १४ रनमा अविजित रहे ।

विराटनगर किंग्सका शुभम कामतले ३ र रामनरेश गिरीले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । विराटनगरका लागि बाबर हायतले ५८ रन बनाए । उनले ३५ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै, ओपनर दिलिप नाथले ४३ र अनिलकुमार शाहले ३६ रन बनाए । यता कप्तान पारस खड्का २२ र सौरभ खनाल १७ रनमा अविजित रहे ।

पराजित भएको रुपन्देही च्यालेन्जर्सको प्ले अफमा पुग्ने सम्भावना पनि लगभग सकिएको छ । रुपन्देहीले ३ खेलमा ३ खेलमा नै पराजित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !