१८ असार २०८१, मंगलबार

प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै


केपी शर्मा ओली

२१ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणको विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ । पर्सिदेखि हुने आफ्नो भारत भ्रमणको बारेमा छलफल गर्न बुधबार बिहान पूर्व प्रधानमन्त्रीलाई बोलाउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली पर्सिदेखि तीन दिने भ्रमणको लागि भारत जाँदै हुनुहुन्छ । उहाँले आउँदो शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पुराना सम्झौताको कार्यान्वयनमा जोड दिने बताउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !