१२ आश्विन २०८१, शनिबार

दोस्रो किस्ता अनुदान लिन फेरि तीन महिनाको समय थपियो


Reconstruction Authority

२० चैत, काठमाण्डौ ।  सरकारले भूकम्प प्रभावितलाई दोस्रो किस्ताको अनुदान रकम लिन फेरि तीन महिनाको समय थप गरेको छ ।

बिहान बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले आउँदो असार मसान्तसम्ममा भूकम्प प्रभावितले दोस्रो किस्ताको रकम लिन सक्ने निर्णय गरेको हो ।

यसअघि चैत मसान्तसम्मको समय रहेकोमा तीन महिनाको समय थपिएको प्राधिकरणका कार्यकारी प्रमुख युवराज भूषालले जानकारी दिनुभयो । यस्तै, चैत मसान्तमा संघीय संरचना खारेज भए पनि पुननिर्माणका काममा निजी आवास, स्वास्थ्य चौकी र शिक्षासम्बन्धी इकाई भने खारेज नहुने पनि बैठकले निर्णय गरेको छ । यस अघि पनि प्रधाधिकरणले तीन महिनाको समय थप गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !