१८ असार २०८१, मंगलबार

काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित


DPL

१९ चैत, धनगढी । काठमाण्डौ गोल्डेन्सले धनगढीमा जारी धनगढी प्रिमियर लिग डीपीएलमा लगातार दोस्रो जित निकालेको छ ।

लिगको दोस्रो खेलमा काठमाण्डौले रुपन्देही च्यालेञ्जर्सलाई ६३ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ८६ रन बनायो । बलियो सुरुवात गरेको काठमाडौका विदेशी खेलाडी सुबोध भाटी ४२ रनमा आउट हुँदा ६५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि चौराहालाई हराउँदा ८१ रन बनाएर नायक बनेका अमित श्रेष्ठ ३० रनमा पेभेलियन फर्किएपछि काठमाडाैंले ७४ रनमा दोस्रो विकेट खेर फाल्यो ।

सन्नी पटेलले नटआउट ४८ रन बनाए भने नरेश बुढाऐरले ३० तथा कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । यस्तै भुपेन्द्र थापाले १४ रन थपे ।

१८७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको रुपन्देही १८ ओभर ४ बलमा मात्र एक सय २३ रनमा अलआउट भयो । राम्रा् सुरुवात गरेको रुपन्देहीले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो । तर त्यसपछि अरु ५२ रन थप्दा उसले सबै विकेट गुमायो ।
रुपन्देही च्यालेनजर्सका लागि अमर रौटेला, विक्रम भुषाल तथा सुफियान मोहम्मदले समान एक–एक विकेट लिए ।
रुपन्देहीका लागि ओपनर प्रदिप ऐरीले ५७ तथा सागर पुनले १८ रन बनाए पनि बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बनाउनु बाहेक बाकि खेलाडी एकोहोरो रुपमा आउट भए । काठमाडौं गोल्डेन्सका लागि रासिद खानले ४ तथा ललित राजवंशीले ३ विकेट लिए । त्यस्तै शाहब आलमले २ तथा सन्नी पटेलले एक विकेट लिए ।

दुई खेल हारेपछि रुपन्देहीलाई शीर्ष चारमा पुग्न दबाव बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !