११ आश्विन २०८१, शुक्रबार

पार्टी एकता बराबरी सिद्धान्तको आधारमा हुन्छ : प्रचण्ड


prachanda

१९ चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकता प्रतिशतको आधारमा नभई बराबरी सिद्धान्तको आधारमा हुने बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता चुनावी एकता जस्तो नभएको बताउनुभयो । ‘बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नु पर्छ’, उहाँले भन्नुभयो, ‘पार्टी एकता प्रतिशतका आधारमा हुँदैन यो चुनाव जस्तो होइन ।’

बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नु पर्छ भन्दा एकतामा असजिलो नहुने बताउँदै उहाँले एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने अवस्था रहेको बताउनुभयो ।

कार्यदलले दिएको प्रतिवेदन अनुसार वैशाख ९ गते पार्टी एकता हुने बताउदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमण अघि पार्टी एकता सम्भव नभएको बताउनुभयो ।

भोलि एकता संयोजन समितिको बैठकमा दुवै कार्यदलको प्रतिवेदन औपचारिक रुपमा प्रस्तुत हुने जानकारी दिदै उहाँले प्रतिवेदनलाई अन्तिम रुप दिन गहन छलफल सुरु गरिने र केही समय लाग्ने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !