१८ असार २०८१, मंगलबार

भारतीय राजदुतले भने,“भारत नेपाल र नेपालीहरुको साथमा छ”


indian ambassador puri

१८ चैत, काठमाण्डौ । नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले भारत नेपाल र नेपालीहरुको साथमा रहेको बताएका छन् ।
शनिबार राष्ट्रिय सभा गृहमा आयोजित रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सव एवम् पुरस्कार वितरण समारोह–२०७४ मा सम्बोधन गर्दै राजदुत पुरीले यस्तो बताएका हुन् ।

आजका नेपालका अखबारमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बारेमा चर्चा गरिएको उल्लेख गर्दै राजदुत पुरीले भने,“तपाई नेपाली कलाकारहरु लिएर भारत जाँदै हुनुहुन्छ, भारतीय बलिउडका कलाकारहरुसँग पनि त्यहाँ यहाँले भेटवार्ता गर्दैहुनुहुन्छ, यो सबै देखेर म यदि यहाँलाई आग्रह गरौं कि कलाकारहरुको डिलिगेशनको नेतृत्व पत्रकार ऋषि धमलालाई दिनुहोस्।”

रिपोर्टर्स क्लब २० औं वर्षमा प्रवेश गरेकोमा क्लब र यसका सभापति ऋषि धमलालाई उनले धन्यवाद दिए । उनले भने,“मेरो लागि ठूलो सम्मान हो, मलाई यहाँहरुले तपाईहरुको बीचमा जुन दुई शब्द बोल्ने मौका दिनुभयो, मौका मिल्यो, मेरो देशको मान्यता हो, हाम्रो देश दुनियाँको जहाँ हामी प्रेस स्वन्त्रतालाई धेरै नजिक राख्छौं, तपाईहरुले उसलाई सम्मान दिनुभयो, सबैभन्दा ठूलो लोकतान्त्रिक देश हो, सबै मिडियाकर्मीलाई धन्यवाद दिन चाहन्छु ।”

आफू नेपालमा आएको अहिले एक वर्ष भएको बताउँदै उनले भने,“यो बीचमा मैले ऋषि धमलासँग धेरैपटक भेटेको छु, क्लबले आज २० औं वार्षिकोत्सव मनाईरहेको छ, ऋषिजी तपाईले किसुनजीबाट क्लबको सुरुवात गर्नुभयो, मलाई लाग्छ तपाईले उहाँलाई पनि माथि पुर्याउन ठूलो भूमिका निर्वाह गर्नुभएको छ।”

नेपाली राजनीतिज्ञहरुसँग परिचित हुनको लागि क्लबमाफर्त मौका मिलेको उल्लेख गर्दै त्यसको लागि उनले पत्रकार धमलालाई पूनः धन्यवाद दिए । लोकतन्त्र स्थापित गर्नको लागि क्लबे उल्लेखनीय भूमिका निर्वाह गरेको उनले बताए । पुरीले भने,“अब यसलाई अगाडि बढाउनको लागि पनि यहाँहरुको भूमिका अझै छ, हुन जरुरी छ, म यो भन्न सक्छु कि तपाईहरुको मित्रराष्ट्र भारत हामी प्राकृतिक रुपमा, भगवानसँग, हाम्रा पूर्खाहरुसँग जोडिएका छौं, हामी तपाईहरुको साथमा छौं ।”

उनले भारत नेपालको विकास साझेदारीमा सँधै सँगै रहने विश्वास दिलाए । खुशी नेपाली र समृद्ध नेपालको लागि भारतले सँधै सहयोग गर्ने राजदुत पुरीको विश्वास थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !