१६ असार २०८१, आइतबार

खड्काको पार्थिव शरीर १ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालयमा राखिने


Khum Bahadur Khadka

१८ चैत, काठमाण्डौ । कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

खड्काको पार्थिब शरीर दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसअघि बिहान ९ देखि दिउँसो १ बजेसम्म खड्काको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालयमा राख्ने भनिएको थियो । खड्काको आइतबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

यसैबीच, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेता खड्काको निधनका कारण अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !