![IME General Insurance](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/03/IME-General-Insurance.png?fit=502%2C178&ssl=1)
१५ चैत, काठमाण्डौ । इएमई जनरल इन्स्योरेन्स लिमीटेडले ८० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ ।
यो कम्पनीले पूँजीवृद्धिको उद्देश्यले १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख २० हजार कित्ता हकप्रद निश्कासनका लागि स्वीकृति मागेको हो ।
इन्स्योरेन्सको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ ।
हाल यो कम्पनीको चुक्तापूँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद बिक्रीपछि चुक्तापूँजी बढेर ९७ करोड माथि पुग्नेछ ।
यो कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ४ करोड ८२ लाख खूद नाफा आर्जन गरेको थियो ।