१२ आश्विन २०८१, शनिबार

सार्वजनिक बिदाका दिनमा पनि बैंकहरु खोल्नुपर्छ : नेपाल चेम्वर


Nepal Chamber of Commerce

१५ चैत, काठमाण्डौ । नेपाल चेम्वर अफ कमर्सले सरकारले सार्वजनिक विदा कटौती गरेकोमा खुशी व्यक्त गरेको छ । चेम्वरले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी सरकारले सराहनीय कार्य गरेको भन्दै धन्यबाद व्यक्त गरेको छ ।

‘हामीले निरन्तर राख्दै आएको मागको सुनुवाई गरी विदा कटौती गरेकोमा हामी सरकारप्रति आभार व्यक्त गर्दछौ’, चेम्बरद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वढी सार्वजनिक विदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्वरले विदा कटौती गर्न सरकारसँंग निरन्तर माग राख्दै आएको थियो । साथै चेम्वरले सार्वजनिक विदाहरुमा बैंक तथा वितीय संस्थाहरु सञ्चालनको माग पनि राख्दै आएको थियो ।

मन्त्रिपरिषद्को बुधवार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो ।

यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !