१३ चैत, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा एसईई परीक्षाका लागि डेरामा बसेकी गौरीकला रोकायको मंगलबार मृत भेटिएकी छन् ।
परीक्षा समय हुनै लाग्दा समेत कोठावाट ननिस्केपछि उठाउन जाँदा रोकाय विभत्स अवस्थामा मृत भेटिएकी थिइन् । १८ वर्षीया रोकाय सूर्यप्रकाश मावि पलैटेमा अध्ययनरत छात्रा हुन् ।
उनको शरीरमा चोट र निल डामहरु देखिएको र विभत्स अवस्थामा मृत भेटिएकोले हत्या भएको अनुमान प्रहरीको छ ।