३ आश्विन २०८१, बिहीबार

आगलागीमा एक बालकको मृत्यु


आगलागी

१२ चैत, सुनसरी । आइतबार राति भएको आगलागीमा तीन वटा घर जलेर एक बालकको मृत्यु भएको छ ।

कोशी गाउँपालिका– १ लौकहीमा आगलागी हुँदा मृत्यु स्थानीय विन्देश्वर मरिकका छोरा १२ वर्षीय सुरज मरिक रहेको र तीन लाख रुपैयाँभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लामखुट्टे धपाउन बालिएको घुरवाट घरमा आगो सल्केको प्रहरीको प्रारम्भिक अनुमान छ । कोठामा एक्लै सुतेका बालक अागो लाग्दा भाग्न नसकेको र तत्काल उद्धार हुन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !