३ आश्विन २०८१, बिहीबार

ट्रक दुर्घटना हुँदा एकको मृत्यु एक घाइते


दुर्घटना

११ चैत, पाँचथर । मिनी ट्रक दुर्घटना हुँदा काठमाडौंका ४६ वर्षीय उमेशसिं महासेठको मृत्यु भएको छ ।

बिजुलीको पोल बोकेको बा२ख ६६८३ नम्बरको मिनी ट्रक आइतबार बिहान पाँचथरको हिलिहाङ गाउँपालिकाको-७ भारपाको सिमखर्कमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विज्ञान बस्नेतले जानकारी दिए ।

मिनी ट्रक चालक महोत्तरीको बर्दिबासका २४ वर्षीय शम्भु महरा घाइते भएका छन् । घाइतेको सदरमुकाम फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !