७ पुस २०८१, आइतबार

नेपाललाई नहेप्न ईयूलाई प्रधानमन्त्री ओलीको आग्रह


११ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित कार्यक्रममा बोल्दै इयुले नेपालको सार्वभौमसत्तामाथि हेपेर बोलेको र उक्त कुरा नेपाललाई सह्य हुन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘केही केहीले हाम्रो गरिबी र पछौटेपनलाई हेरेर हेप्ने गर्छन्, इयुले इलेक्सनको अब्जरभेसनको प्रतिवेदनमा नेपालको सार्वभौमसत्तालाई हेपेको छ ।’ उनले थपे,’हामी मान्छौँ हाम्रो मतदाता सचेतना कम छ, तर सचेतना बढी छ भनेर घमण्ड गर्नेहरूलाई ८० प्रतिशत मत खसाएर देखाउन म चुनौती दिन्छु ।’

करिब ५० लाख नेपाली युवाहरू विदेशी भूमिमा रहेको अवस्थामा पनि नेपालीहरूले ७० प्रतिशत मत खसाएको उनले बताए । इयुलाई नेपालीहरू लोकतन्त्रप्रति सचेत रहेको र नेपालको संविधान र प्राप्त उपलब्धिहरूलाई अपमान गरेर कोही कसैले नहेप्न आग्रह पनि गरे ।प्रधानमन्त्री ओलीको इयुलाई धर्मका नाममा प्रचार नगर्न पनि आग्रह थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !