१४ असार २०८१, शुक्रबार

नेपालको प्रधानमन्त्री वैदेशिक रोजगार संघको केन्द्रीय अध्यक्ष हो : चन्द्रबहादुर थापा


chandra bahadur thapa'

१० चैत, काठमाण्डौ । राष्ट्रवादी केन्द्र नेपालका केन्द्रीय संयोजक चन्द्र बहादुर थापाले नेपालको प्रधानमन्त्री वैदेशिक रोजगार विभागको अध्यक्ष रहेको बताए छन् ।

शनिबार नेपाल ल क्याम्पसमा आयोजना गरिएको राष्ट्रवादी श्रमिक महासंघको प्रथम एतिहासिक राष्ट्रिय भेलालाई सम्वोधन गर्दै उनले हाम्राे देश नेपालको प्रधानमन्त्री वैदेशिक रोजगार विभागका अध्यक्ष रहेको बताएका हुन् ।

उनले भने, वैदेशिक रोजगार संघले एक वर्षमा साढेसात लाख युवाहरुलाई रोजगार दिएकको छ तर प्रधानमन्त्री केपी ओलीले दिएका छैनन्, प्रचण्डले दिएका छैनन् । उनीहरु भनेको त्यहाँ श्रम गरेर पठाएका रेमिटेन्सवाट लुटेर कमिसन खाने पात्र रहेको बताए ।

स्वदेशी श्रम पुँजी र प्राकृतिका मुल आधार सबैलाई रोजगार न्युनतम मासिक तलब तीस हजार भन्ने मुलमाग संगठनको रहेको उनले बताए । हालसम्म बन्द गरिएका उद्योगहरु संचालन भयो भने चौविस लाख नेपालीहरुले रोजगार पाउने बताए ।

साथै उक्त एतिहासिक भेलावाट नयाँ कार्यसमितिहरु पनि नियुक्त गरेका छन् । कार्यसमितिहरुमा राष्ट्रवादी श्रमिक महासंघका इन्चार्जमा दिपक केसी, अध्यक्षमा निरज कुमार पुन, बरिष्ठ उपाध्यक्षमा राम बहादुर थापा, उपाध्यक्षमा गणेश श्रेष्ठ,महासचिवमा किरण देउवा,उपमहासचिवमा शिशिर भट्ट, उपमहासचिवमा प्रकाश सुवेदी, अमृतकुमार थापा,सचिवमा जेनी मेग्चन, इश्वरीप्रसाद फुयाल, जंगबहादुर राई, शान्तकुमार लिम्बु, राकेश बिक,कोषाध्यक्षमा सबिता केसी र अन्य केद्रीय सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तैगरी संकाय अध्यक्षहरुमा राष्ट्रवादी सिकर्मी संघको अध्यक्षमा शान्तकुमार लिम्बु, राष्ट्रवादी श्रमिक संघका अध्यक्षमा गणेश श्रेष्ठ, अटोमेटिक सर्भिस संघका अध्यक्षमा राजेन्द्र पाण्डे, पर्यटन सर्मिक संघका अध्यक्षमा विकल्प पौडेल, सुरक्षा सर्मिक संघका अध्यक्षमा जितुबहादुर सिवाकोटी, स्वास्थ्य सर्मिक संघका अध्यक्षमा जेनी मेग्चन, छापा सर्मिक संघका अध्यक्षमा प्रकाश सुवेदी, यातयात सर्मिक संघका अध्यक्षमा इश्वरीप्रसाद फुयाल निर्वाचित भएका छन् ।
pc

राष्ट्रवादी
तस्विर: राम मगर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !