१५ असार २०८१, शनिबार

बुधबार पनि बजार घट्ने श्रृखला जारी


Bearish Market

७ चैत, काठमाण्डौ । बजार घट्ने श्रृखला जारी रहँदा बुधबार नेप्से सूचक १२३१.०७ विन्दुमा आइपुगिसेको छ । नेप्से बुधबारमात्रै २४.४० अंकले घटेको हो । छोटो समयमा भारीमात्रामा बजारमा सेयर संख्या थपिनु, चर्को बैंक ब्याजदर लगायतका कारण सेयर बजार चेपुवामा परेको हो । सरकारको नीति र कार्यक्रम नआउँदा लगानीकर्ता झन् अन्योलमा परेका देखिन्छन् ।

बुधबार  कुल १५२ कम्पनीको ३८ करोड ३२ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ९ लाख ४५ हजार ५३७ कित्ता सेयर किनबेच भएको हो । नेप्सेमा ९ वटा समूहको कारोबार भएकामा उत्पादनमूलक बाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् ।

सबैभन्दा धेरै बिमा समूहको सूचक १८६.६९ अंकले घटेको छ । यसैगरी, माइक्रोफाइनान्स सूचक ४८.५२ अंक र वाणिज्य बैंक समूहको सूचक २२.११ अंकले तल झरेको छ । तर उत्पादनमूलक समूह भने ५८.४८ अंकले बढेको हो ।

कारोबार रकममा भने नेपाल लाइफ इन्सुरेन्सले अग्रता लिएको छ । नेपाल लाइफको ३ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र नबिल बैंक परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !