१६ असार २०८१, आइतबार

आज गिरीजाप्रसाद कोइरालाको स्मृति दिवस मनाईदै


Girija-Prasad-Koirala

७ चैत, काठमाण्डौ । बुधबार नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाउनु भएका कोइरालाकै अग्रसरतामा सशस्त्र हिंसा रहेको माओवादी पार्टीलाई शान्ति र प्रजातन्त्रको मूलबाटोमा ल्याइएको थियो ।

आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताउने कोइरालाको अडानले नै संसद पुनस्र्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गरायो ।

कोइरालाको निधनको आठ वर्षपछि मुलुक नयाँ संविधानमार्फत भएको निर्वाचनबाठ संघीय गणतन्त्र कार्यान्वयनको अवस्थामा प्रवेश गरेको छ ।

कोइरालाको स्मृति दिवस पारेर बुधबार कांग्रेसको भातृ संगठनले भने अन्तरक्रिया तथा दीप प्रज्वलन गर्दैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !