१२ आश्विन २०८१, शनिबार

परिणाम निकाल्ने गरी काम गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीकाे निर्देशन


Kp oli

४ चैत, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम निकाल्ने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारमा आज सबै मन्त्री र सचिवहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई असफल हुने छुट नभएको भन्दै असाधारण तरिकाले काम गर्न निर्देशन दिनुभयो । उहाँले अहिलेको सरकारसँग असाधारण दायित्व रहेकाले काम पनि असाधारण तरिकाले नै गर्नु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकोले यसका लागि नीति निर्माण तहमा बस्नेहरुको सोचाइ पनि परिवर्तन हुनु पर्ने बताउनुभयो ।
‘हामीले अब पनि परम्परागत मानसिकता नै राखेर काम ग¥यौं भने देश बन्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘किन कि यो असधारण दायित्व बोकेको सरकार हो ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकार सबैको सुझाव लिन्छ तर कसैको दबाबमा परेर निर्णय लिदैन ।’

प्रधानमन्त्री ओलीले आज सिंहदरवारमा मन्त्री र सचिबहरुलाई निर्देशन दिंदै सबैलाई जवाफदेही ढंगले काम गर्न भन्नुभएको छ । ‘हामी नेपाललाई मगन्ते रहित बनाउन चाहन्छौं’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सडकमा मागेर दिन कटाउनेहरुले अब रोजगारी गरेर आफ्ना परिवार पाल्ने अवसर पाउने छन् ।’

सरकारको मुल लक्ष्य समृद्ध नेपाल, सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई निर्देशन दिनुभएको छ । ‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नुपर्छ, उपलब्धि देखिने गरी काम गर्नुपर्छ’, प्रधानम्मन्त्री ओलीले भन्नुभएको छ ।

उर्जा, पर्यटन, सेवा, व्यापार, उद्योगलगायतका क्षेत्रमा उर्वर भए पनि नेपाल सधैँ अभाव र गरिबीमा रहिरहने कुरा अब मान्य नुहने प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘हरेक क्षेत्रमा उपलब्धी हासिल गर्नका लागि मन्त्रालय मन्त्रालयका बीच समन्वयात्मक ढंगले काम गर्नु होस’, मन्त्री र सचिवलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘कसैको दबाव वा प्रभावमा कोही पनि नपर्नुहोस र नियम र कानुन बमोजिम काम गरेर जनतालाई छिटो छरितो सेवा दिनुहोस ।’

प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई समयलाई ख्याल गर्न निर्देशन दिनुभयो । हरेक मिनेट समयलाई सदुपयोग गरेर काम गर्न,काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्न प्रधानमन्त्रीले सबैलाई सम्झाउनुभएको छ । ‘हरेक कामका लागि लक्ष्य बनाउनुहोस, त्यस अनुसार उपलब्धी हासिल गर्नुहोस’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर यस कारण, यदी,य स्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन ।’

प्रधानमन्त्री ओलीले सचिबहरु बढुवा सुरुवाका लागि नेताको घरमा धाउने प्रवृति अन्त्य हुने बताउनुभयो । ‘अब नेताको गएर अब बढुवा वा सरुवा हुनेवाला छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘चुस्त ढंगले काम गर्नुहोस, जनतालाई छिटो छरितो सेवा दिनुहोस, भनसुनतिर लाग्ने र नेताको धाउने चलनले अब तपाईँको नम्बर बढ्ने होइन नम्बर घट्छ ।’

देश रेमिट्यान्सबाट चलेको बताउँदै प्रधानमन्त्री ओलीले रेमिट्यान्स आउने बाटो गैर कानुनी भएको उल्लेख गर्नुभयो । ‘हुण्डी कारोबार रोक्न ध्यान दिनुहोस’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘रेमिट्यान्सलाई कानुनी बाटोबाट भित्र्याउने हो भने पनि देशमा अर्वौ राजश्व संकलन हुनसक्छ ।’

सरकारले व्यबहार मै भ्रष्टाचारलाई शुन्य सहनशिलताको नीति अपनाउने बताउनुभयो । ‘हिजोका सरकारले पनि शुन्य सहनशिलता भन्थे तर कार्यन्वयनमा देखिएन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अबको सरकारले भ्रष्टाचार निर्मूल गर्छ । यसप्रति असहिष्णु हुन्छ ।’

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई मर्यादामा बस्न सुझाउनु भएको छ । ‘मन्त्री नियुक्त हुने वित्तिकै परिवारका सदस्यहरु चलमलाउने कुरा धेरै सुनिन्छन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यस्ता व्यवहार बन्द गर्नुहोस, तपाईंका काममाथि अनुगमन हुन्छ, त्यसमाथि अर्को अनुगमन हुन्छ, मैले पनि अनुगमन गरिरहेको हुन्छु, केहि तलमाथि भेटिए ऐया आत्थु भन्ने मौका पाउनुहुने छैन ।’

एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले बागमती सफाइका बारेमा प्रश्न उठाउनुभएको छ । ‘बागमती सफाइ अभियान चलाएको कति हप्ता भयो ?’, प्रधानमन्त्री ओलीको प्रश्न थियो ‘यो किन सफा भइरहेको छैन ?’

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री, राज्य मन्त्री, प्रधानमन्त्रीका मूख्य सल्लाहकार मुख्य सचिब र सचिवहरुको र सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिती थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !