१३ असार २०८१, बिहिबार

माइक्रो दुर्घटनामा परी एकको मृत्यु


दुर्घटना

४ चैत्र, नवलपरासी । माइक्रो दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

बा२ख ३९२२ नम्बरको माइक्रो र बिपरीत दिशावाट आएको लु३४प ७०८६ नम्बरको मोटरसाइकल नवलपरासीको कावासोती नगरपालिका-८ थकाली चोकमा एक आपसमा ठोक्किदा रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० निवासी मोटरसाइकल चालक २० वर्षीय रामबहादुर आले र नवलपरासीको गैडाकोट-१० निवासी ३० वर्षीया वसन्ती थापा गम्भीर घाइते भएका थिए ।

घाइते मध्ये मोटरसाइकल चालक आलेको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । घाइते थापाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !