१२ आश्विन २०८१, शनिबार

तेजकुमार बने खोटाङ आईडल


तस्बिर : नागरिक

४ चैत, खोटाङ । प्रथम खोटाङ आईडलको उपाधि तेजकुमार राईले जितेका छन् ।

शनिबार राती दिक्तेलस्थित सरस्वती माबिको प्रांगणमा भएको फाईनल अडिसनमा टप फाइभमा परेका ४ प्रतिष्पर्धीलाई पछि पार्दै १६ वर्षीय तेजकुमारले खोटाङ आईडलको उपाधि जितेका हुन् ।

प्रथम खोटाङ आईडलका बिजेता राईले नगद ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् ।

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर निबासी राईले ६ महिना संगीत विद्यालयमा अध्ययन गर्ने र एउटा गीत रेकर्डको अवसर समेत पाएको खोटाङ आईडलका आयोजक परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले जनाएको छ ।

खोटाङ आईडलको प्रतिष्पर्धामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका रोहित चामलीङ दोस्रो र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लप्याङकी अमिता राई तेस्रो भएका छन् ।

खोटाङ आईडलको दोश्रो उपाधि बिजेता रोहितले नगद २४ हजार ५७४ का साथमा ३ महिना संगीत अध्ययन गर्ने र एउटा गीत रेकर्डको अवसर तथा तेस्रो स्थान प्राप्त अमिताले नगद १० हजार ५७४ का साथमा एक महिना संगीत अध्ययन गर्ने र एउटा गीत रेकर्डको अवसर पाएका छन् ।

लुकेर रहेका प्रतिभाको पहिचान एवं संवर्धन गर्ने उद्धेश्यकासाथ नेपाल आइडलको चर्चा सेलाउन नपाउँदै मंसिर २३ गतेदेखि खोटाङ आईडल थालिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !