१३ असार २०८१, बिहिबार

तेस्राे पटक मन्त्री परिषद विस्तार, थपिए ११ मन्त्री र ४ राज्य मन्त्री


New Minister Oath

२ चैत, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्राे पटक मन्त्री परिषद विस्तार गर्नुभएको छ । उहाँले माओवादी र नेकपा एमालेका तर्फबाट ११ मन्त्री र ४ राज्य मन्त्री थप्नु भएको छ । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्या भण्डारीसँग पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

एमालेबाट प्रदिप ज्ञवाली (परराष्ट्र मन्त्री), रविन्द्र अधिकारी (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन), गोकर्ण विष्ट (श्रम तथा रोजगार), रघुवीर महासेठ (भौतिक पुर्वाधार तथा यातायात), जगत विश्वकर्मा (युवा तथा खेलकुद), शेरबहादुर तामाङ (कानुन, न्याय तथा संसदीय व्यवस्था) मन्त्री नियुक्त हुनु भएकाे छ ।

त्यस्तै एमालेबाट राज्य मन्त्रीमा गोकुल बास्कोटा (सन्चार तथा तथा सूचना प्रविधि), पद्मा अर्याल (स्वास्थ्य तथा जनसंख्या) र
धनबहादुर बुढा (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन) नियुक्त हुनु भएकाे छ ।

माओवादीबाट वर्षमान पुन (उर्जा, जलश्रोत तथा सिंचाई), शक्तिवहादुर बस्नेत (वन तथा वातावरण), गिरिराजमणि पोखरेल (शिक्षा र विज्ञान तथा प्रविधि), चक्रपाणी खनाल (कृषि तथा सहकारी) र बिना मगर (खानेपानी) मन्त्री नियुक्त भएका छन् । त्यस्तै माओवादीबाट रामकुमारी चाैधरी (कृषि तथा सहकारी) राज्य मन्त्री नियुक्त हुनु भएकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !