१३ असार २०८१, बिहिबार

एनसीसी बैंकको बोर्ड बैठकमा सीआईबीको छापा


NCC bank

२ चैत, काठमाण्डौ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी) ले नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को केन्द्रीय कार्यालयमा छापा मारेको छ । शुक्रबार बोर्ड बैठक जारी रहेको वेला प्रहरीको टोलीले छापा मारेको हो ।

बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान थालेको हो ।

प्रहरीले केहीवेरमै घटना बारे विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए ।

प्रहरीले बैंकका केही अधिकारीहरुलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको विवरण भने सार्वजनिक गरेको छैन ।

बैंकमा ब्युरोले अनुसन्धान गरिरहेको ब्युरोका डिआइजी पुष्कर कार्कीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !