१३ असार २०८१, बिहिबार

कन्टेनर पल्टिँदा गाडी चालकको मृत्यु


accident-logo

२ चैत, काभ्रेपलाञ्चोक । मिनी कन्टनेर पल्टिँदा दोलखा जिल्ला मैनापोखरी घर भएका वर्ष ५१ का गाडी चालक सोमप्रसाद घिमिरेको मृत्यु भएको छ ।

शुक्रबार बिहान धुलिखेलवाट मंगलटारतर्फ जाँदै गरेको बा३ख १६४४ नम्बरको मिनी कन्टेनर काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२, बुच्चकोटस्थित बिपी राजमार्गमा दुर्घटना हुँदा घिमिरेको घटनास्थलमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।

उनको शव पोष्टमार्टमका लागि बनेपास्थित शिर मेमेरियल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !