प्रा. डा. गोविन्द शर्मा
१ चैत, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर गोविन्द शर्माको ७१ वर्षको उमेरमा निधन भएको छ ।कलेजोमा समस्या आएपछि उनको २०६८ सालमा भारतमा कलेजो प्रत्यारोपण गरिएको थियो ।
त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक समेत रहेका डा. शर्माको रसियामा निधन भएको हो । डा. शर्मा २०५९ सालमा त्रिविको उपकुलपति भएका थिए ।