८ मंसिर २०८१, शनिबार

आज ४.०६ अंकले बढ्यो नेप्से, कारोबार घट्यो


Bullish trend share-market

३० फागुन, काठमाण्डौ । नेप्से परिसूचकमा भने सामान्य वृदि देखिएको छ । आज बजारमा ४ दशमलव ०६ अंकको वृद्धि देखिएको हो । आज भने नेप्से परिसूचक १ हजार २ सय ८५ दशमलव ९६ अंकमा आएर बन्द भएको छ ।

आज पनि शेयर बजारको कारोबार घटेको छ । मंगलबार १५५ कम्पनीको जम्मा कारोबार २३ करोड ७० लाख बराबरको भएकोमा आज बजार बन्द हुँदासम्म जम्मा १८ करोड ४५ लाख ९९ हजार १ सय १ रुपैयाँको कारोबार भएको छ ।

आज जम्मा १५६ कम्पनीको जम्मा ६ लाख २३ हजार ८ सय ८५ कित्ता शेयर किनबेच भएको छ ।

आजको कारोबारमा होटल, फाइनान्स र उत्पादन तथा प्रशोधन समूह बाहेकका सबै समूह बढेका छन् ।

आज तीन कम्पनीका लगानीकर्ताहरुले ५ प्रतिशतभन्दा बढीले कमाएका छन् । ती कम्पनीहरुमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, सहयोगी विकास बैंक लिमिटेड तथा फस्र्ट माइक्रोफाइनान्स डिभलपमेन्ट बैंक रहेका छन् ।

त्यस्तै, आज दुई कम्पनीका लगानीकर्ताहरुले ३ प्रतिशतभन्दा बढीले गुमाएका छन् । नयाँ नेपाल लघुवित्त विकास बैंक तथा श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताहरुले बढी गुमाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !