२५ बैशाख २०८१, मंगलबार

पत्रकार नेपालीलाई ‘युवा पत्रकारिता पुरस्कार–२०७८’


पत्रकारिता

काठमाडौँ । युवा तथा खेलकूद मन्त्रालयद्वारा हरेक वर्ष प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार–२०७८’ पत्रकार राधा नेपाली (अर्घाखाँची) लाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालकी केन्द्रीय सदस्य नेपाली लामो समयदेखि ‘तरङ्ग राष्ट्रिय पाक्षिक’ मा आबद्ध हुनुहुन्छ ।

यहाँ आज आयोजित समारोहमा सोही पुरस्कार पत्रकार डोलराज रानाभाट (इमेज च्यानल, चितवन), अजयकुमार शाह (अप्पन टेलिभिजन, सिरहा) र शिवकुमार अधिकारी (जनता टेलिभिजन, धनुषा) लाई प्रदान गरिएको छ ।

पुरस्कारको राशि जनही रु ५० हजार छ । पुरस्कार प्रदान गर्दै मन्त्रालयका सचिव केदार न्यौपानेले युवा पत्रकारबाट पत्रकारिताका माध्यमबाट मुलुक निर्माणमा अझ सशक्तरुपमा सहयोग पुग्ने अपेक्षा गर्नुभयो । उहाँले युवाका विषयलाई आमसञ्चार माध्यमले कम मात्रामा मुद्दा उठाउने गरेकाले युवा पत्रकारले नै प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !