८ मंसिर २०८१, शनिबार

दुर्घटनामा सडक विभागका दुई कर्मचारीको मृत्यु


accident-logo

२९ फागुन, सुनसरी । ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु र पाँचजना घाइते भएको छ ।

सुनसरीको धरानवाट जेसिबी लोड गरेर धनकुटातर्फ जाँदै गरेको ना ५ ख १९३६ नम्बरको ट्रक मंगलबार बिहान साढे १० बजे अनियन्त्रित भई कोसी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घण्टे पुलमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सडक विभागका कर्मचारी साँगुरीगढी गाउँपालिका–६ बस्ने अन्दाजी ४५ वर्षीय रामजित राई र ५५ वर्षीय वीरबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । मृतक कर्मचारीहरूको पद भने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

घाइतेलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !