६ मंसिर २०८१, बिहीबार

प्रधानन्यायाधीश पराजुलीले आफू सहितको बेञ्च गठन


सर्वोच्च अदालत

२९ फागुन, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीले दैनिक पेशी तोकेका छन् ।

सर्वोच्चकै न्यायाधीश चोलेन्द्र शमशेर जवराले प्रधानन्यायाधीश पराजुलीले गत साउन २१ मै अवकाश पाइसकेको भन्दै बेञ्च बहिस्कार गरेको भोलिपल्ट पराजुलीले इजलास तोकेका हुन् । न्यायाधीश जवरालाई भने पराजुलीले इजलास तोकेका छैनन् ।

जवराको रायपछि सोमबार अधिकांश न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीलाई विदामा बस्न सुझाव दिएका थिए तर पराजुलीले मंगलबार आफूसहितको बेञ्च गठन गरेका छन् ।

आज पूर्ण बाहेक दश इजलास गठन गरिएका छन् । पराजुलीले आफूसँग न्यायाधीश तेजबहादुर केसीलाई इजलासमा राखेका छन् ।

सुनुवाइ जारी रहेको डा गोविन्द केसी र कान्तिपुर पव्लिकेशनविरुद्धको अपहेलना मुद्दाको बाँकी प्रक्रिया भने अन्योलमा परेको छ । सर्वोच्चले यसअघि नियमित सुनुवाइ जारी राखेको उक्त मुद्दा पेशी चढाएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !