१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओली  र गृहमन्त्री बादल पुगे विमान दुर्घटनास्थल


oli and badal

२८ फागुन, काठमाण्डौ । विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् ।

उनीसंगै  गृहमन्त्री राम बहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरे । घाइतेहरुको उपचार सरकारले गर्ने बताए ।

उनले घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गर्ने जानकारी दिए ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

अहिले उद्दार कार्य जारी छ ।

उद्दार प्रयासबारे जानकारी लिन प्रधानमन्त्री ओली पनि दुर्घटनास्थल  पुगेका हुन् ।

यो पनि हेर्नुहोस :

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना अपडेट

आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

जहाज दुर्घटना र उद्दारका दृश्यहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !