७ बैशाख २०८१, शुक्रबार

कोरानाका कारण थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता


नेपाल कोरोना मृत्यु

चितवन । कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो ।

कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन लागिएको हो । उहाँले भन्नुभयो, “अहिले समस्या छैन, समस्या आउँछ कि भनेर सावधानी अपनाएका छाँै ।”

थुनुवालाई पहिले टेलिफोन सेवा उपलब्ध गराइएको भए पनि अहिले त्यो सुविधासमेत कटौती गरिएको उहाँले बताउनुभयो । कारागारमा कैदीबन्दीको सङ्ख्या बढी भएकाले पनि सावधानी अपनाउनु परेको उहाँले जानकारी दिनुभयो । कारागारमा अहिले ६७४ कैदीबन्दी छन् ।

कारागारमा रहेका कैदीबन्दीमा विभिन्न प्रकारको रोग रहेकाले एकजनामा कोरोना सङ्क्रमण देखिए फैलन सक्ने भएकाले क्वारेन्टिनमा रहेकालाई छुट्टै भान्छाको व्यवस्था गरिएको छ । नियमित अस्पताल लैजानुपर्ने बिरामीलाई पनि क्वारेन्टिनमा राखिएको उहाँले बताउनुभयो ।
कारागारमा २५ महिलाको क्षमता रहेकामा ५१ र २५५ पुरुषको क्षमता भएकामा ६२३ रहेका छन् । उनीहरुसँग तीन आश्रित बालबालिका छन् ।

मालवाहक सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर महानगरपालिका–१० घरेलु कार्यालय अगाडि बाइपास सडकमा मालवाहक सवारीले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–१२ कस्तुरी टोल बस्ने ७६ वर्षीय वसन्तबहादुर लिम्बू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आज बिहान ७ः३० बजेको समयमा विराटनगरबाट काठमाडौँका लागि बिस्कुट लोड गरी जाँदै गरेको ना६ख ४९२३ नंको डिब्बा गाडीले लिम्बूलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते लिम्बूको भरतपुर अस्पतालमा उपचारका क्रममा ७ः५५ बजे मृत्यु भएको हो ।

दुर्घटनापछि फरार रहेको उक्त सवारीलाई भाग्दै गरेको अवस्थामा केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सवारी साधन र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !